वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको गेट अगाडिको भित्री सडकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • 2
    Shares

 

 

चितवन, चैत ४–

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको गेट अगाडिको भित्री सडकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आज (मंगलबार) विहान ६ः१५ बजेको समयमा चौविसकोठीबाट गीतानगरतर्फ गइरहेको ना ७ ख ४०९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएकी भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीको उपचारको क्रममा ६ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments