/सुदुर पश्चिमाञ्चलकि रमाको यात्रा साइकल देखि अनाथ , गरिब ,अशहायको मद्दतको लागि।

सुदुर पश्चिमाञ्चलकि रमाको यात्रा साइकल देखि अनाथ , गरिब ,अशहायको मद्दतको लागि।

जन्मदिन मानिसको जिवनमा आउछन जान्छन तर कसै कसैको सोच र रहर अलि फरक र केही सामाजिक कार्यमा समर्पित हुने गर्दछ तेसैको उधारण हुन सुदुर पस्चिम प्रदेसकी महिला साईकिलिस्ट रमा बोहरा। २०७६-१२-०४ गते रमाको २१सौ जन्मदिन अलिक फरक र सामाजिका कार्यमै केन्दृत रह्यो।उनले बिहानै लगभग १५ थान भन्दा केही बढी कपडा धनगडिमा रहेको रोयल कोलाबोरेटिब्स जो धनगढी मा गरिबहरुका लागि कपडा बैंक हो मा हस्तान्तरण गरिन।तेसपछी रमाले जिवनमा पहिलो पटक आजै रक्तदानको सुरुवात गरिन र अब हरेक ३ महिनामा रक्तदान गर्ने प्रण पनि गरिन।तेसपछी रमाले धनगढीमा रहेको जनजाति कल्याण आश्रम आमाको माया छात्रबासमा रहेका अनाथ बालबालिकाहरुसङ्ग केक काटेर मनाइन।

रमाको रहर तेतिमा मात्रै सिमित रहेन उनले गोदावरी नगरपालिका १ बस्ने दुबै मिर्गौला फेल भयकी लिला देवि जोशी दिदी लाई १००१/- रकम हस्तान्तरण गरेर आफ्नो जन्मदिन सभ्य र चेतना मुलक कार्य सहित मनाइन। उनले भनिन आफुले सकेको सानो सहयोगले यदि कसैको जिवनमा अलिकती पनि खुसी ल्याउनु छ भने त्यो काम आफै बाट सुरु गर्नुपर्छ ।

Facebook Comments