अमेरिकाको ५० वटै राज्यमा पुग्यो कोरोना भाइरसको संक्रमण

 

कोरोना भाइरसको संक्रमण अमेरिकाको ५० वटै राज्यमा फैलिएको छ। पछिल्लो रिपोर्टअनुसार पश्चिम भर्जिनियामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ।

त्यहाँका स्थानीय गर्भनर जिम जस्टिसका अनुसार मंगलबार पहिलो संक्रमित व्यक्ति भेटिएका थिए।

अमेरिकामा हालसम्म ६ हजार ४ सय ६० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। जसमध्ये १ सय ९ जनाको मृत्यु भएको छ। पछिल्लो एक दिनमा २३ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

Facebook Comments