कोरोनाभाइरसबाट निकै प्रभावित दक्षिण कोरियामा हालसम्म नेपालीहरूमा सङ्क्रमण नदेखिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
त्यहाँ नेपालीमा सङ्क्रमण पाइएको भन्ने खालका अफवाह फैलिरहेका बेला दूतावासले त्यस्तो जानकारी दिएको हो।


सोलस्थित कार्यवहाक नेपाली राजदूत रामसिंह थापाले भने, “नेपालीमा हालसम्म सङ्क्रमण भेटिएको छैन। हामी यहाँका अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ। नेपाली समुदायसँग पनि नियमित सम्पर्कमा छौँ। त्यो विवरण हरेक दिन परराष्ट्र मन्त्रालयमा पनि पठाइरहेका छौँ।”
उनले कोरिया सरकारले कुनै पनि विदेशी नागरिकमा सङ्क्रमण भेटिए सबैभन्दा पहिले त्यस देशको दूतावासलाई जानकारी गराउने भएकाले अफवाहको पछि नलाग्न पनि आग्रह गरे।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021