ओस्कर विजेता अभिनेता टम ह्याङ्क्स्ले आफू र आफ्नी श्रीमती रिट विल्सनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको खुलासा गरेका छन्।
६३ वर्षीय टमले आफ्नो इन्स्टाग्राममा रुघाखोकी चिसो लागेको लक्षण दुवैजनामा देखिएपछि क्वीन्सल्याण्डमा चिकित्सकको सुझावमा परीक्षण गराएको बताएका छन्।

अधिकारीहरूका अनुसार उनीहरू दुवैजना अहिले अस्ट्रेलियाको अस्पतालमा स्थीर स्वास्थ्य अवस्थासहित अलग्गै बसेका छन्।
ह्याङ्क्स्ले अमेरिकी गायक तथा अभिनेता एल्भिस प्रेस्लीबारे फिल्म बनाएकाले उनीहरूको जोडी अस्ट्रेलियाको गोल्ड कोस्टमा थियो।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021