- 14Shares
राजधानीस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो परीक्षणमा पनि कसैमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको बताएको छ।
रुघा र ज्वरोजस्ता लक्षण देखिएपछि चिकित्सकको परामर्शपछि कोभिड-१९ को परीक्षण गर्न प्राप्त २५ वटा नमुनामध्ये १६ वटामा कोरोनाभाइरस नपाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए। नौवटाको परिणाम आउन बाँकी छ।
उनका अनुसार बुधवार बिहानसम्म १६ वटा नमुनाको रिपोर्ट “नेगेटिभ” आएको हो। उनका अनुसार अधिकांश नमुना इटली र चीनबाट आएका विदेशी नागरिकका हुन्।
यसअघि ४९६ जनाको परीक्षण गरिएकोमा एक जनाबाहेक सबैको रिपोर्ट सामान्य आएको थियो।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021