सरकारले युरोपलगायत खाडी मुलुकबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले मार्च २० देखि लागू हुनेगरी युरोप र खाडी मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

‘युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुकहरु इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई मार्च २० देखि अप्रिल १५ सम्म लागू हुनेगरी आगमनमा प्रतिबन्ध लगाउने,’ निर्णयको १० औं बुँदामा लेखिएको छ।
त्यस्तै, वायु सेवा निगममा टिकट रद्द गर्दा वा मिति परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने निर्णयसमेत बैठकले गरेको छ।
त्यस्तै प्रतिबन्धका कारण आफ्नो मुलुक जान नसकेका विदेशी नागरिकका हकमा निर्धारित भिसा अवधिमा आवेदन दिए भिसा नियमित गरिदिने निर्णयसमेत बैठकले गरेको छ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021