सरकारले अप्रिल ३० सम्म सिनेमा हल, रङ्गशाला, जिम तथा हेल्थ क्लबलगायत बढी मानिसको जमघट हुने स्थल बन्द गर्ने भएको छ।
बुधबार उपप्रधामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित काेराेना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुनसमेत रोक लगाएको छ। अत्यावश्यक कामबाहेक आउजाउ तथा हिँडडुल नगर्न सरकारले सर्वसाधारणलाई सूचित गरेको छ।
त्यसैगरी, सार्वजनिक यातायातका सवारीधनीलाई चलाउनुअघि प्रत्येक दिन समय-समयमा सवारीसाधनलाई ‘डिस्इन्फेक्सन’ गर्न लगाउने निर्णयसमेत गरेको छ।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021