अप्रीय कोरना
तिमी आऊँछौ भन्ने डरै डरमा
माँछे लुक्न थाले घर घरमा
धनी न गरीब ,बृद्ध न बच्चा
केहि फरक छैन तिम्रो नजरमा
अशक्त परेका छन बढी मारमा
गरीब परेका छन झन ठूलो भारमा
नदेखिने अनि सबलाई सताउने तिमी
लुकेर हान्ने कायर हौ मेरो बिचारमा
कहिं त होला ओखती कुनै झारमा
पक्कै खुशी हुनेछु म तिम्रो हारमा
आफ़्ना बिच जबरजस्ति दूरी बढाउने
आधुनिक महाशत्रु हौ तिमी सारमा
रचना: नारायण कँडेल
Facebook Comments