काम गर्नु भन्दा पहिले कुरा काट्नेहरुलाइ रेनु दाहालको सान्केतिक दरो झापद , तयार भयो चितवनको अस्थायी अस्पताल।

 

काठमाडौं। भरतपुर महानगरपालिकाले ३ दिनमै कोरोनाभाइरस संक्रमितको उपचारको लागि विशेष अस्पताल तयार गरेको छ। भरतपुर महानगरपालिकाले चितवनलाई कोरोना संक्रमणबाट बचाउनका लागि पूर्वतयारी स्वरुप ७० बेडको अस्थायी अस्पताल बनाएको हो।

अस्पताल भरतपुरस्थित उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा बनाइएको छ। जसमा १० शैयाको आइसियू, १० शैयाको एचडियू र ५० शैयाको जनरल वार्ड बनाइएको छ। भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पतालको रुपमा परिणत गरिएको हो। मेयर रेनु दाहालको विशेष सक्रियतामा कोरोना अस्पताल तयार भएको हो। विशेष अस्पताल तयार भई सञ्चालनमा आउँदैन।

जिल्लामा कोरोना सङ्क्रमणको सम्भावित अवस्थालाई ख्याल राखेर प्रदर्शनी केन्द्रलाई विशेष अस्पताल बनाइएको महानगरपालिकाकी प्रमुख दाहालले बताइन्। विशेष अस्पतालका लागि आवश्यक पर्ने उपकरण जुटाउन प्रदेश सरकारबाट समेत बजेट माग गरिने र केही उपकरण जिल्लाका अस्पतालबाट सहयोग जुटाइने छ। चितवनमा कोरोनाका शंकास्पद सबै बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गरिनेछ।

देशकै मध्यभागमा पर्ने चितवनका धेरै स्थानबाट बिरामी आउने अवस्थालाई मध्यनजर गरी विशेष अस्पताललाई रिफरल अस्पतालको रुपमा सञ्चालित गरिने भरतपुर अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीको भनाइ छ। प्रदर्शनी केन्द्र चारैतिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले यसलाई अस्पतालको लागि छनौट गरिएको हो।

चितवन मेडिकल कलेजले अस्पतालमा हेल्थ डेस्क स्थापना गरेको छ। अस्पतालको गेटबाट तापक्रम नापेर अस्पतालको मुख्य भवनमा नलगी पछाडि रहेको ओपीडीमा परीक्षण गर्ने तयारी गरिएको छ ।

Facebook Comments