कोरोनाभाइरस: २७ दिनसम्म नेपाली स्वदेश फर्कन नपाउने सरकारी निर्णय

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाभाइरस नेपाल भित्रिन नदिनका लागि अबको २७ दिनसम्म नेपालीहरू समेत नेपाल भित्रन नपाउने बीबीसीसँग स्पष्ट पारेका छन्।

तर मानवअधिकारकर्मीले सरकारको यो कदमले नेपाली जनताको मौलिक हक हनन गरेको बताएका छन्।

कोरोनाभाइरसको सम्भावित सङ्क्रमण रोक्ने प्रयास स्वरूप भन्दै सरकारले बुधवार गरेको निर्णयमा आवत जावत रोक्ने भनेको थियो।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको उक्त निर्णय कोरोनाभाइरससँग लड्न महत्त्वपूर्ण रणनीति भएको बताए।

Facebook Comments