कोरोना,
तिमी आउॅछौ भन्ने डरै डरमा
माक्स लगाई बसिरहेछु,
बाटोभरी सरसफाई र
सेनेटाईजर छरी रहेछु,
चिनजानका सबैलाई
नमस्कार गरिरहेछु,
बिन्ती
तिमी नआउन है कोरोना,
तिमीलाई लाग्ला
पर्यटन बर्ष सफल पार्नु छ,
नेपाल जानु छ
नारायणीको पानीमा डुबुल्की मार्नुछ,
सगरमाथा र माछापुछ्रे लाई अंकमाल गरी चुम्नु छ
तर
अहिले हामीले बिश्राम लिएका छौं,
पर्यटन बर्षलाई
2022 मा सारेका छौं,
एयरपोर्ट, मठमन्दिर र महलहरुका
प्रवेशमा रोक लगाएका छौं,
स्कुल कलेज युनिभर्सिटी मा ताला बन्दि गराएका छौं
स्विमीङ्ग पुल, फनपार्क अनि ठुला होटलहरु,
सबैलाई बिश्राम दिएका छौं
त्यसैले बिन्ती छ,
तिमी नआउन है कोरोना ।
धन्यवाद!
–सोम प्रसाद काप्री

- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021