- चीन अन्तर्राष्ट्रिय नेतृत्वतर्फ अघि बढ्दै छ, यता अमेरिकाको वर्चस्व भने डगमगाउन थालेको छ
विश्वभर करोडौँ मानिसहरू आफूलाई आइसोलेसनमा राख्दै गर्दा नोभेल कोरोनाभाइरस महामारी साँच्चिकै विश्वव्यापी भएको छ। स्वास्थ्य र सुरक्षाका मामिलाका अगाडि यसको भूराजनीतिक असर त्यति महत्त्व नहोला, तर कालान्तरमा यो महत्त्वका साथ हेरिनेछ, विशेषतः विश्वमा संयुक्त राज्य अमेरिकाको स्थानको कुरा गर्दा। विश्व व्यवस्था परिवर्तन प्रायः बिस्तारै र सधैँका लागि हुन्छ। सन् १९५६ मा स्वेज नहरमा संयुक्त अधिराज्यको हस्तक्षेपले उसलाई विश्वशक्तिको स्थानबाट हटाएको थियो। आज अमेरिकाका लागि कोरोनाभाइरस (कोभिड-१९) अर्को ‘स्वेज’ घटना हुन सक्छ।
अमेरिका यस्तो विश्वव्यापी महामारीविरुद्ध लड्न तयार कतिसम्म छैन भन्ने प्रस्ट देखिएको छ। ह्वाइट हाउस र मातृभूमि सुरक्षा विभागदेखि रोग नियन्त्रण तथा रोकथाम केन्द्रसम्मका कदमले अमेरिकाको क्षमतामाथि प्रश्न खडा गरेको छ। त्यस्तै, राष्ट्रपति डोनाल्ड ट्रम्पका वक्तव्य, ओभल अफिसको सम्बोधन वा बिहान-बिहानका ट्वीट सबैले यस्तो अन्योललाई झन् बढाएको छ। सरकारी र निजी क्षेत्र दुवै यस किसिमको महामारीविरुद्ध तयारीमा कमजोर देखाउँछ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021