तपाई हाम्रो लेखाइ सर्बसाधारणकाेलागि सकारात्मक सन्देश बन्नुपर्छ”मनोज घिमिरे”

 

हाल संचारकर्मी तथा शिक्षित बर्गभन्नेहरूबाट गैर जिम्मेवारि तरिकाबाट सामाजिक संजाल तथा केही अन लाइन मिडियामा अाउने अभिब्यक्ति तथा खबर हेर्दा सारै लज्जित लाग्छ। सरकार कोराेना सङ्कर्मणबाट बच्नको लागि अाईसाेलेसन र सेल्फ काेराइनटाईनमा बस्नु भन्छ ,अनि शिक्षित बर्ग भन्नेहरू संगै संचारकर्मी तेहि भनाईलाई अर्को अर्थमा लेख्न सुरू गर्छन अनि भन्छन नालायक सरकारले काेराइनटाईनमा राख्न नसकेर जनताकाे स्वस्थमाथि खेलबाड गर्यो।

संभावित काेराेना भाईरसकाे संक्रमण हुनसक्ने भन्दै सरकार २५ जना भन्दा भेला र जमघट हुने कार्येक्रम नगर्नु भनी अनुराेध गर्छ अनि संचार कर्मी तथा जान्ने भन्नेहरूकाे फेरि कमेन्ट् अाउछ, ए २५ जना सम्म भेला हुदा चाहिँ कोरोना नलाग्दोरहेछ है! स्थानीय सरकार ७० बेडकाे कोरोना विशेष अस्पताल ७२ घन्टामा निर्माण गर्छु भन्छ अनि केही संचारकर्मि हतार हतार हेडलाइन बनाएर लेख्छन चिनियाँ सैलीमा अस्पताल निर्माण हुदैछ। येस्तो समाचार हेर्दा लाग्दैन कि उनिहरु पाका छन। सरकार ७० बेड भन्छ हामी ७० बेडले पुग्छ भनेर प्रश्न तेर्साउछौ। अनि चाडो गर्ने भनेर सरकार ७२ घन्टामा बनाउने भन्छ हामी ७२ घन्टा बित्न यति समय वा घण्टा बाकी भनेर कमेन्ट् गर्छौ । जान्ने भन्नेहरु ७२ घन्टा बित्न कति बाकि छ गन्नुस्स है भनेर संजालभरि राेइकराइ गर्छन।

सरकार काेराेना भाइरसबाट बच्न एसईई परिक्षा इस्थगित गर्छ, हामी लेख्छौ पहिले नै किन इस्थकित गरेन भनेर। कहि कतै परीक्षा चलिरहदा काेराेना भाईरसकाे सङ्कर्मण फैलिए हाम्रो अवस्था के हुने भन्ने कुरा हामी सोच्दैनौ।हो निर्णय गर्नु ढिलो भयाे तर सहि निर्णय त भयाे।।

हाल बिश्वको तथ्यांक हेर्दा अवस्था निकै डरलाग्दो छ।हाल सम्म नेपालमा एकजना भन्दा अन्यलाई नदेखिएकाे काेराेना सन्कर्मण जुनसुकै बेला जसलाई पनि देखिन सक्छ भन्ने कहि कतै हामीले बिर्सियेको त छैनाै? सिगो बिश्व अतालिरहेकाे बेला जान्ने र संचारर्कर्मि भन्ने हाम्रो लेखाईले के हामी सहि त गर्दैछौ?तपाई हाम्रो लेखाइ सर्बसाधारणकाेलागि सकारात्मक सन्देश बन्नुपर्छ ।याे संबेदनसिल समयमा तपाई हामी अझ भनाै सम्पुर्ण सचेत नागरिकले सरकारलाई कोरोना भाईरस विरुद्धको यस युद्धमा हातेमालाे गर्न जरुरी छ। बेलैमा सोच्न सकेनाै भने तपाईं हामिले केही दिन अघि एक इटालियन नागरिकले सामाजिक संजालमा कसरी आफ्नै देशका नागरिकहरूकाे लापरबाहीका कारणले इटालिले अाज याे क्षण भाेग्दै छ भनेर भनेका कुरा झल्झल सम्झी टाउकाेमा हात राखेर बस्नुपर्ने पनि हुनसक्छ भन्ने कुरा बिर्सनु हुदैन । अहिले सरकारकाे बिराेधका कुरामा समय खेरा नफालाै। सकिन्छ भने काेराेना भाइरस विरुद्धको यस लडाईमा सर्वसाधारण लाई सचेत गराै । एक जिम्मेवार नागरिक बनाै। हुलमुलमा नजाऊ। हरेक पटक बाहिर भित्र गर्दा साबुनपानिले हात धाेअाै। सिङो देशलाई तपाईं हामी एकजुट चाहिएकाे बेला सकारात्मक प्रयासको कदर गरौ। सम्पुर्ण नेपाली कोरोना सङ्कर्मन हुनबाट बचौ र बचाऊ

Facebook Comments