भरतपुरको कोरना विशेष अस्पताल करिब करिब पुरा

 

भरतपुर । उद्योग संघ चितवनको परिसरमा कोरोना विशेष अस्पताल निर्माण थालिएको छ । बुधबार बिहानबाटै निर्माण सुरू गरिएकोमा दिनभरमा केही कामहरु भएको भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए । भोलि शुक्रबारबाट अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ ।

५० शøयाको जनरल वार्डको कामलाई प्राथमिकता दिई काम भइरहेको छ । विभिन्न अस्पतालबाट शøयाहरु ल्याइएको छ । कुल ५ वटा सेक्सन रहने जनरल वार्डमा पार्टेसनको काम भइरहेको छ । त्यस्तै, प्लम्बिङ र शौचालयको काम पनि भइरहेको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।

बिहीबार मध्यान्हसम्ममा पार्टेसनका सबै काम सकेर जनरल वार्ड पूरा तयारी गर्ने गरी मजदुरहरु काममा खटिएका छन् । विशेष अस्पतालको कार्यप्रगति हेर्न सांसद्, मेयर, सुरक्षा निकाय प्रमुखहरु बुधबार साँझ परिसर पुगेका थिए ।

Facebook Comments