काठमाडौँ।
कोरोना महामारीको अवस्थामा कतार सरकारको “होम क्वारेन्टाइन” “StayHome” अर्डर नमान्दा ४०० नेपालीहरुलाई नेपाल डिपोर्ट गरिएको छ भने सयौ नेपालीहरु छानबिनको क्रममा जेलमा रहेका बुझिएको छ।

कतार सरकारले भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको हो । उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् । कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरिसकेको थियो।
ती नेपाली गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए । कोभिड–१९ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021