कोरोनाभाइरस: ‘प्रतिकूल अवस्थामा नेपाल भारत सीमाबाट समान ढुवानीबाहेक अन्य आवतजावत रोकिने’

 

छिमेकी भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीका एक जना सल्लाहकारले अवस्था बिग्रिए सामानहरूको ढुवानीबाहेक नेपाल भारत सीमा मार्फत् हुने सबै किसिमका आवतजावत रोकिने बताएका छन्।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म त्यहाँ १९५ जनामा सङ्क्रमण देखिएको छ भने चार जनाको कोभिड १९का कारण मृत्यु भइसकेको छ।

त्यसमध्ये नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा १८ भारतीय र एक विदेशी र उत्तराखण्ड र पश्चिम बंगालमा एक एक जनामा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।

कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै हाल आवातजावतका लागि नेपाल र भारतले चारवटा नाकालाई खुला राख्ने निर्णय गरेका छन्।

तपाइँकको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?