कोरोना संक्रमण रोक्न गैडाकोट नगरपालिकाको आन्तरिक तयारी बलियो

 

गैडाकोट ७ चैत्र । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणबाट बच्न गैडाकोट नगरपालिकाले आन्तरिक तयारी बलियो बनाएको छ ।

नगरप्रमुख छत्रराज पौडेलको अध्यक्षतामा नगरपालिकामा आज बसेको सर्वदलीय सर्वपक्षिय बैठकले नगरपालिकामा कम्तीमा ५० देखि ५५ आइसोलेसन वेड तयार गर्ने र कोरोना संक्रमित भएको आशंका लागेमा विवरण तथ्याङ संकलन गरी परीक्षणका लागि टेकु पठाउने तयारी गरिएको छ ।  नगरवासीहरु कोरोनाबाट नआत्तिन तर पुर्ण सतर्कता अपनाउन उहाँको आग्रह छ । सचेत भएर कोरोनाबाट वच्ने उपायमा ध्यान दिएमात्रै पनि यसबाट वच्न सकिने भन्दै नगरप्रमुख पौडेलले चितवनका चिकित्सक सहित धेरै पक्षसँग छलफल गरेर तयारी तिव्र पारिएको बताउनुभयो ।

यदी कसैलाई कोरोनाको लक्षणसँग मिल्ने गरी रोग लागे तुरुन्तै घरमै आइसोलेसन वेड बनाई वसेर तत्काल स्वास्थ्यकर्मीलाई खवर गर्न आग्रह गर्नुभयो । साथै नेपाल प्रहरी, शसस्त्र सहित विभिन्न निकायलाई तयारी अवस्थामा रहन उहाँले निर्देशन दिनुभएको छ । अहिले सामाजिक संजालबाट धेरै प्रकारका सुचना सम्प्रेषण भइरहेको भन्दै आधिकारिक स्रोतको पहिचान गरेर मात्रै शेयर लाइक कमेन्ट गर्न उहाँले जनप्रनिधि सहित कार्यपालिका सदस्य,कर्मचारी,पत्रकारलाई सवैलाई अनुरोध गर्नुभयो ।

बैठकमा उप प्रमुख विष्णुकुमारी कडेलले कालोबजारी हुन नदिन नियमित बजार अनुगमन गरेको र सकेसम्म घरमै उत्पादन भएका वस्तु खान सुझाव दिनुभयो । घरायसी उत्पादनको प्रयोग बढाउँदै दैनिक व्यवहारमा परिवर्तन सहित सचेत रहन आग्रह उहाँको आग्रह छ । बैठकमा नगरस्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले रेपिड रेस्पोन्स टिम गठन गरिएको र नगरवासीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । वुटवल नारायणगढ सडक खण्डमा कार्यरत ५ जना चीनीयाको नमुना परिक्षण नेगेटीभ आएको भन्दै आत्तिनु नपर्ने तर सुरक्षा सतर्कतामा भने जोड दिनुपर्ने बताउनुभयो ।

नगरपालिकामा कोरोना सहित अन्य विभिन्न स्वास्थ्य सम्वन्धी सवैखालका कार्यक्रम नगरपालिकामा जानकारी गराएर एकद्धारा प्रणालीबाट संचालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडानम्वर ५ का वडाअध्यक्ष नवराज कडेँलले आइतवार ५ सय थान मास्क वितरण गर्ने जानकारी दिनुभयो । कार्यक्रममा पितौजी स्वास्थ्य चौकीका प्रमुख यामवहादुर क्षेत्रीले बजारमा सर्जिकल मास्क अभाव भएकाले स्वास्थ्यकर्मीलाई पनि समस्या भएको भन्दै यसतर्फ चनाखो हुन आग्रह गर्नुभयो ।

जनतालाई सेवा दिने स्वास्थ्य कर्मीहरुलाई ओरिन्टेशन आवश्यक परेको थप सहयोगका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा पनि कुरा गरेको बताउनुभयो । नगरवासीहरु त्रासमा रहनुपर्ने नभएपनि चेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा वडानम्वर ९, ११ का वडाअध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत,नेकपा, नेपाली काँग्रेस, नेपाल प्रहरी, सशस्त्र प्रहरी,कर्मचारीहरु पत्रकार लगायतको बैठकमा उपस्थिती रहेको थियो ।

Facebook Comments