काठमाडौँ — सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा रद्द, लामो दूरीको यातायात रोक्दैमा ढुवानी सेवा अवरुद्ध नहुने बताएको छ ।
शुक्रबार बसेको कोभिड—१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकको निर्णय सावर्जनिक गर्ने क्रममा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् । ‘ढुवानी सेवाहरु कुनै पनि अवरुद्ध हुँदैनन् । आपूर्ति व्यवस्थालाई प्रतिकूल प्रभाव पर्दैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै १० गतेबाट लामो दूरीका यातायात सेवा बन्द हुने बताएका थिए ।

प्रधानमन्त्रीको सम्बोधनलाई स्पष्ट गराउने र कार्यतालिकासहित अघि बढाउने विषयमा मुख्य सचिव नेतृत्वको कार्यदललाई निर्देशन दिइएको मन्त्री खतिवडाले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकरी निर्णयपछि विभिन्न देशका विमानस्थलमा अलपत्र रहेका नागरिकलाई सम्बन्धित देशमा रहेका नेपाली दूतावासमार्फत १४ दिन क्वारेन्टाइनमा राख्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021