देशभरिका अदालत दुई साता बन्द गर्ने निर्णय

कोरोना भाइरसको संक्रमणबाट जोगिन देशभरिका अदालत दुई साताका लागि बन्द हुने भएको छ।

अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकले दुई सातासम्म अदालत बन्द गर्ने निर्णय गरेको हो। निर्णयअनुसार आइतबारदेखि चैत २२ गतेसम्म अदालतहरु बन्द हुनेछन्।

https://m.facebook.com/story.php?story_fbid=2896924990350797&id=100000999725827

नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न अदालतसमक्ष आग्रह गरेको थियो।

बारले गत चैत ४ गते प्रेस विज्ञप्तिमार्फत मानव स्वास्थ्यजस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न आग्रह गरेको थियो।

 

Facebook Comments