गुल्मी । केहि दिनअघि गुल्मीको बलेटक्सारमा १२ बर्षीया बालिका बलात्कारको अभियोग लागेका एक युवा शुक्रबार पुर्पक्षका लागि जेल चलान भएका छन ।
फागुन १२ गतेका दिन रुरु क्षेत्र गाउँपालिका– ४ को बलेटक्सारमा १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाग्लुङ्ग घर भई बलेटक्सारमा डेरा गरि बस्ने २३ बर्षीय तिलबहादुर बुढा जिल्ला अदालत गुल्मीको आदेशमा कारागार चलान भएका हुन् ।
एक घरमा घरेलु कामदारको रुपमा रहेकी ती बालिकालाई बलात्कार गरेको अभियोगमा बुढालाई कारागार थुनामा पठाइएको त्यस अदालतका श्रेस्तेदार रामशरण लामिछानेले जानकारी दिए ।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021