काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले विद्यालय तथा सार्वजनिक स्थलहरु बन्द गरेपछि काठमाडौं उपत्यका छाड्नेहरु बढेका छन् । शुक्रबार मात्रै ९८ हजार ५ सय १७ यात्रुले उपत्यका छाडेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालका अनुसार शुक्रबार बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म ९८ हजार ५ सय बढी यात्रुले उपत्यका छाडेका हुन् ।
शुक्रबार उपत्यका भित्रिने यात्रुको संख्या भने ४८ हजार ९ सय ७ रहेको छ।

‘कोरोना रोकथामका लागि विद्यालयहरु र सार्वजनिक स्थलहरु बन्द गरिएपछि गाउँ फर्कनेहरुका कारण बसपार्कहरु भरिभराउ भएका छन्।’ ढकालले भने।

एसएसपी ढकालका अनुसार १४ हजार ३ सय ३८ यात्रुबाहक सवारी साधनहरु बाहिरिएका छन्। शुक्रबार काठमाडौं भित्रिने सवारीको संख्या भने ८ हजार १ सय ७२ छ।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021