/सम्माननीय प्रधानमन्त्रीज्यू, अभिवादन !”प्रेम रिमाल”

सम्माननीय प्रधानमन्त्रीज्यू, अभिवादन !”प्रेम रिमाल”

सम्माननीय प्रधानमन्त्रीज्यू,
अभिवादन !
आज साँझ तपाईले देशवासीलाई संवाेधन गर्दै हुनुहुन्छ भन्ने कुरा तपाईं निकट भनिएका मान्छेहरूकाे फेसबुक वालबाट जानकारी पाएँ । प्रधानमन्त्रीकाे संवाेधनकाे बारेमा, सरकारकाे निर्णयकाे बारेमा पहिलाे जानकारी सरकारकाे स्वामित्वमा रहेका राष्ट्रिय सुचना संयन्त्रलाई हुनुपर्ने हाेइन र ? यहाँ त सरकारकाे स्वामित्वमा नरहेका निजी बिग मिडियाले सार्वजनिक गरेका पुराना सूचना लिएर नेपाल टलिभिजन र रेडियाेहरू ताजा खवर भनेर सुसाउने गर्छन् । के यसाे हुनु राम्राे हाे ? ध्यान जाओस् ।

अर्काे कुरा तपाईकाे स्वास्थ्य कमजाेर छ ध्यान जाओस् । संसार नै काेराेना भाइरसबाट आक्रान्त भएकाे याे बेला जन स्वास्थ्यकाे विषयलाई विशेष महत्वमा राखिएकाे छ थप जाेड पुगाेस् ।

चितवनमा आजबाट काेराेना अस्पताल सञ्चालनका लागि तयार भएकाे छ । याे अस्पतालमा काम गर्ने चिकित्सक, नर्स, अन्य प्राविधिक, सफाइ मजदुर, सुरक्षाकर्मी र प्रशासनमा वा व्यवस्थापनमा रहेर काम गर्ने मानिसहरूका लागि अन्तरराष्ट्रिय गुणस्तरका सुरक्षा सामग्रीकाे व्यवस्था तत्काल गरियाेस् । देशका मुख्यमुख्य ठाउँहरूमा अस्थायी प्रकृतिका भए पनि उपचारकाे पूर्ण याेग्यता भएका अस्पताल स्थापना गर्ने र जनशक्ति व्यवस्था गर्ने काम आजैबाट गरियाेस् ।

भरतपुर महानगरकाे नेतृत्वमा यहाँका सरकारी र गैरसरकारी संघसंस्थाकाे सक्रिय सहभागितामा स्थापित अस्थायी काेराेना अस्पताललाई प्रधानमन्त्री आपत्कालीन काेशमार्फत तत्कालै प्रयाेगशालाका लागि आवश्यक उपकरणकाे व्यवस्था गरिने छ भन्ने घाेषणा पनि गर्न पाए हुन्थ्याे प्रधानमन्त्रीज्यू ।

प्रेम रिमाल ज्युको फेसबुक वालबाट

Facebook Comments