- 3Shares
भरतपुर : सरकारले २५ जना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा भेला हुन रोक लगाएको भएपनि भरतपुरस्थित भाटभाटेनी सुपरमार्केटले अटेरी गर्दै आएको छ ।
कोरोना भाइरसको संक्रमणबाट हुन सक्ने संभावित जोखिमलाई ध्यानमा राखेर सरकारले २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएको भएपनि यहाँ साँझपख ठूलो भिड लाग्छ । विदेशी नागरिकको समेत उल्लेख्य उपस्थिती यहाँ देखिन्छ ।
स्थानीय प्रशासनले विज्ञप्ति निकालेर आवश्यकता भन्दा बढी सामान नकिन्न र बिक्री नगर्न निर्देशन दिएपनि भाटभाटेनी सुपरमार्केटले यसलाई बेवास्ता गर्दै सामानको भन्डारणमा प्रोत्साहन गर्दै आएको छ ।
यसै विषयमा समाचार संकलनका लागि पुगेका कायाकैरन दैनिकका संबाददाता शिव गौतम माथि भाटभाटेनी सुपरमार्केटका कर्मचारीले दुर्व्यवहार गरेका छन् । उनीहरुले गौतमले खिचेका फोटोहरु डिलिट गरेर पिट्ने प्रयास गरेका थिए । कायाकैरन दैनिकले केही दिन अघि पनि त्यहाँको भिडको फोटो प्रकाशन गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।
लण्डन -काठमाडौ अनलाइन पत्रीकाले भाटभाटेनी सुपरमार्केटको यो हर्कतको घोर भत्सर्ना गरेको छ । साथै यस विषयमा प्रशासनको ध्यानाकर्षण गराउदै पत्रकार माथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेको छ ।
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021