काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) बाट बच्नका निम्ति सरकारले छिमेकी देशसँगका सबै नाकाहरुमा आवतजावत बन्द गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा मानिसको आवतजावतले संक्रमणको डर हुने भन्दै सबै नाकाहरुमा रोक लगाउने विषयमा छलफल भएको हो।

बैठकपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कान्तिपुरसित भने, ‘नाकाहरु सबै बन्द गर्ने भन्ने नै हो। भोलि निर्णय हुन्छ।’ उनका अनुसार समितिको अर्को बैठक शनिबार ५ बजे पुन: बस्ने छ। उक्त बैठकले नाकाहरु कहिलेदेखि र कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय लिइने छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा शुक्रबार विभिन्न मन्त्रालयका प्रतिनिधिहरुले कोरोनाविरुद्धको योजना सुझाव दिने काम मात्र भएको मन्त्री भट्टले बताए। ‘आजको बैठक योजना निर्माणबारे हो। आज हामीले सुझाव दिने कुरा थियो, अलि-अलि अपुग के छन् भनेर। भोलि बेलुका ५ बजे बसेर निर्णय लिनेछौं।’

कोरोना संक्रमण फैलिनबाट जोगाउनहवाइमार्ग र सीमानाकाबाट प्रवेश रोक लगाउनुपर्ने नागरिक र विभिन्न क्षेत्रबाट माग भइरहेको बेलायत सरकारी निकायले सीमा बन्दको छलफल प्रक्रिया अगाडि बढाएको हो।

शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्दै अत्यावश्यकबाहेकका सेवा चैत ९ देखि २१ गतेसम्म बन्द, चैत १० देखि लामो दूरीका यातायात बन्द गर्ने लगायत जानकारी दिएका छन्।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021