/कोरोनाभाइरस: जोखिम कम गर्न कैदी रिहा गर्ने विषयमा ‘थप स्पष्टता आवश्यक’

कोरोनाभाइरस: जोखिम कम गर्न कैदी रिहा गर्ने विषयमा ‘थप स्पष्टता आवश्यक’

 

जघन्य र गम्भीर प्रकृतिका अपराधबाहेक अन्य घटनाका कैदीबन्दी छाड्न महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयमा ‘थप स्पष्टताको आवश्यकता’ रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

मुलुकका विभिन्न कारागारहरूमा क्षमताभन्दा बढी कैदी रहेको र हाल विश्वव्यापी महामारीको रूपमै फैलिएको कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन शुक्रवार महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धित निकायहरूलाई यस्तो निर्देशन दिएको थियो।

तर कारागार व्यवस्थापन विभागले भने उक्त निर्णयमा थप स्पष्टता आवश्यकता रहेको भन्दै नीतिगत निर्णयका आधारमा गृह मन्त्रालयबाट निर्देशन चाहिने बताएको छ।

विभागका निमित्त महानिर्देशक देवेन्द्र लामिछानेले भने: “हामी कार्यान्वयनमा जाने निकाय हो। गृह मन्त्रालयमार्फत कानुनी प्रक्रिया निरूपण गरेर हामीलाई निर्देशन प्राप्त भयो भने काम गर्ने हो।”

Facebook Comments