कोरोनाले इटालीलाई ठूलो पाठ सिकाएको छ, अन्य देशले पनि सिक्नुपर्छ

 

गत साता इटाली पूर्ण ‘लकडाउन’मा जाने पहिलो युरोपेली देश बन्न पुग्यो। यो जरुरी थियो, करोडौँ नागरिकलाई महामारीबाट बचाउन। पहिले यस्तो अवस्था राष्ट्रिय सुरक्षा विज्ञका लागि प्राज्ञिक परिकल्पना मात्र हुन्थ्यो, तर इटालीले अपनाइरहेको यो मोडल अन्य देशका लागि पनि उदाहरण हुनसक्छ – एउटै दुश्मनसँग लड्न, त्यो हो कोरोनाभाइरस।

 

इटाली अद्यापि आतङ्कको घेरामा छ, बढ्दो सङ्क्रमण र मृत्युदरले यसलाई प्रष्ट्याउँछ। अनि यो भाइरसविरुद्धको लडाइँ पूर्णतः अनिश्चित छ। तर यस वर्तमान आपत्कालका बारे तीन महत्त्वपूर्ण पक्ष जसले हामीलाई ठूलो पाठ सिकाएको छ, ती कुरा म यहाँ राख्न चाहन्छु।

 

पाठ १

पहिलो मुद्दा हो, राष्ट्रिय सुरक्षाको। यो महामारीले इटालीलाई अचम्म तरिकाले प्रहार गर्‍यो, एउटा कुनै विशाल आतङ्ककारी हमलाजस्तै। युद्धसम्बन्धी कक्षामा तपाईँलाई सिकाइन्छ, जहिले पनि अर्को युद्धका लागि तयार भइरहनुपर्छ। तर हामीलाई एउटा नयाँ सिकाइ भएको छ- यो कुनै सशस्त्र शत्रुले भन्दा पनि भाइरसले पनि निम्त्याउने सक्छ।

यसको असरसँगै अस्पताल, स्वास्थ्य सेवा, स्वास्थ्य सामग्री, डाक्टर र नर्सहरू हाम्रो अग्रपङ्क्ति हुन्। उनीहरू हाम्रो रक्षात्मक रूपमा उभिने, एकत्रित गर्ने र पुनः सबल बनाउने पङ्क्ति हुन्। त्यसैले हामीले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ, जति सुरक्षामा गर्छौँ- अर्थात् रक्षा रणनीतिमा लगाइने राष्ट्रिय बजेट स्वास्थ्य क्षेत्रमा अनुसन्धान, विकास र तालिममा लगाइनुपर्छ र अत्यावश्यक जनस्वास्थ्य सामग्रीको खरीदमा लगाइनुपर्छ भन्ने प्रष्ट देखिन्छ।

हामीले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ, जति सुरक्षामा गर्छौ- अर्थात् रक्षा रणनीतिमा लगाइने राष्ट्रिय बजेट स्वास्थ्य क्षेत्रमा अनुसन्धान, विकास र तालिममा लगाइनुपर्छ र अत्यावश्यक जनस्वास्थ्य सामग्रीको खरीदमा लगाइनुपर्छ।

यससँगै प्रत्येक लोकतान्त्रिक राष्ट्र, क्षेत्रीय संगठन, नेटोजस्तो संस्थाले आफूलाई प्रभावकारी रूपमा उचित संरचनासहित जैविकसुरक्षा नीतिसमेत बोकी तयार रहनुपर्ने देखिन्छ। यस किसिमका महामारीसँग सफलतापूर्वक जुध्न सबैभन्दा महत्त्वपूर्ण कुरा सामग्री र त्यसको परिचालनमा निर्भर रहन्छ। धेरै अस्पताल, शैय्या, विज्ञ, नर्स, मेसिन र औषधि हुनु भनेको हामी सबैको जीवन त्यति नै धेरै सुरक्षित हुनु हो।

अनि यसलाई अझ समन्वय गर्नु आवश्यक छ- उदाहरणका लागि स्पेन, फ्रान्स र जर्मनीले पनि इटालीकै अनुभवलाई सँगालेर उस्तै विकल्प अपनाइरहेका छन्। अन्य देशहरूले पनि इटालीबाटै सिकेर सङ्क्रमणका घटना बढ्न नपाउँदै समाधानका उपाय अवलम्बन गरिरहेका छन्।

पाठ २

इटालीमा महामारीबाट सिक्न सकिने अर्को महत्त्वपूर्ण पाठ हो, नागरिक र सरकारी संयन्त्रबीचको समन्वयको महत्त्व। यदि इटालीको गुइसिप्पे कोन्टेको सरकारले सार्वजनिक जीवनलाई पूरै बन्द गरेर दसौँ लाख मानिसलाई क्वारेन्टाइनमा बस्न लगाएर मन्दीसम्म पुग्न सक्ने आर्थिक भारको खतरा लिन्छ भने यो एउटै कारणले मात्र हो- किनकि कोरोनाभाइरस अत्यधिक फैलिनबाट नियन्त्रण गर्ने र यसलाई परास्त गर्ने यो नै एक मात्र प्रभावकारी उपाय हो।

तर यो सफल हुनका लागि प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारी निभाउनुपर्छ। हामी लोकतन्त्रमा छौँ, त्यसैले नागरिकमाथि लगाउन सकिने नियन्त्रणमा संवैधानिक सीमा होलान्। त्यसैले यहाँ व्यक्तिगत उत्तरदायित्वको कुरा आउँछ।

यो महामारीले प्रत्येक सडक, प्रत्येक एपार्टमेन्ट, प्रत्येक घरलाई एकैपटकमा तहसनहस बनाउन सक्छ। त्यसैले हामी सबैले यी निषेधाज्ञाको महत्त्वलाई बुझेर त्यसलाई स्वीकार गर्नुपर्छ र यसको पालनाका लागि होश गर्नुपर्छ, ताकि सबैले चाहेको एउटै नतिजा आओस्- भाइरसको पराजय र जीवन सामान्यतर्फ फिर्ता हुने।

पाठ ३

इटालीको अनुभवको तेस्रो पक्ष छ- मानिसहरू झ्याल र बाल्कोनीबाट शनिबार दिउँसो कोरोनाविरुद्ध अग्रपङ्क्तिमा बसेर लडिरहेका डाक्टर र नर्सहरूको सम्मानमा ताली बजाउनुले यसलाई देखाउँछ। उनीहरू आफ्नो घरबाट राष्ट्रिय गान वा आशावादी गीतहरू गाउँदै महामारीविरुद्ध स्वतःस्फूर्त राष्ट्रिय भावनाले सबैलाई एकत्रित गर्दै छन् र राष्ट्रलाई सबल तुल्याउँदै छन्।

तर यो इटालीभर भइरहेको एउटै मात्र घटना होइन। ट्युरिनका बेकरीहरू अस्पतालका बिरामी र डाक्टरका लागि मिठाइ पुर्‍याइरहेका छन्। रोमका युवाहरू ल्यापटपअघि जम्मा भएर ‘ह्यापी हावर’झैँ मनाइरहेका छन्। मिलानवासीहरू आफ्ना प्रयोग नभएका टिकटहरूको पैसा फिर्ता मागेका छैनन्। प्राविधिकहरू थ्री-डी प्रिन्टर प्रयोग गरेर इटालीमा सबैभन्दा प्रभावित लोमबार्डी क्षेत्रमा टाढा-टाढाका डाक्टरहरूको अन्य काममा सहयोग गर्दै छन्। सुरक्षाकर्मीले परिवारहरूलाई खानेकुरा आपूर्तिमा सहयोग गर्दै छन्।


यदि इटाली सरकारले सार्वजनिक जीवनलाई पूरै बन्द गरेर दसौँ लाख मानिसलाई क्वारेन्टाइनमा बस्न लगाएर मन्दीसम्म पुग्न सक्ने आर्थिक भारको खतरा लिन्छ भने यसको एउटै कारण हो- कोरोनाभाइरस अत्यधिक फैलिनबाट नियन्त्रण गर्ने र यसलाई परास्त गर्ने यो नै एक मात्र प्रभावकारी उपाय हो।

भाइरसबाट प्रभावित अन्य पत्रपत्रिकाको कार्यालयझैँ हामीले ला स्टाम्पामा आफूलाई यस प्रकोपको अग्रपङ्क्तिमा पाएका छौँ। केही दिनअघि उत्तरी इटालीको टुरिन कार्यालयका एक कर्मचारीलाई कोभिड-१९ पोजिटिभ देखियो। त्यसयता हामीले हाम्रो पत्रिका अनलाइन र बजारमा पुर्‍याउँदै गर्दा पनि कठोर नियम पालना गर्‍यौँ।

हाम्रा कर्मचारी र पत्रकार अनलाइनमार्फत् नै जम्मा हुन्छन् र समन्वय गर्छन्। अन्य इटाली नागरिकझैँ हामी दैनिक जोखिममा छौँ तर पनि हाम्रा पाठकप्रति सूचना दिने जिम्मेवारी निभाइरहेका छौँ। किनकि जब लोकतन्त्र खतरामा हुन्छ, भाइरसबाटै किन नहोस्, स्वतन्त्र र निःशुल्क सूचनाको रणनीतिक महत्त्व हुन्छ-जो घरमा बस्छन्, उनीहरू आफ्नो वरपर के भइरहेको छ भन्ने थाहा पाउन हामीजस्ता पत्रपत्रिका र अनलाइनको सूचनामा निर्भर हुन्छन्।

इटालीले यो आपत्काललाई आत्मसात् गरिरहेको छ, भाइरसको डरभन्दा जीवनप्रतिको लगाव सुनिश्चित गरिरहेको छ। अनि कानुन नमान्ने व्यक्तिको छविलाई अस्वीकार गरिरहेको छ-सत्य यो हो, जब सबैजनाको जीवनमाथि खतरा हुन्छ, तब जस्तोसुकै आन्दोलनकारीसमेत देशभक्त हुनुपर्छ। यो हाम्रो देशको शक्तिको प्रतीक हो, र हामी कोरोनाभाइरसलाई पराजित पारेर पुनः उभिन्छौँ भन्ने कुराको सर्वोत्कृष्ट ग्यारेन्टी हो। यो चुनौती सम्पन्न हुन/गर्न अझै धेरै काम र समय बाँकी छ।

Facebook Comments