/कोरोना भाइरसको त्रासले काठमाडौं आउने घटे

कोरोना भाइरसको त्रासले काठमाडौं आउने घटे

कोरोना भाइरस (कोविड-१९)को बढ्दो जोखिमका कारण सरकारले अत्यावश्यकबाहेका अन्य सबै संघसंस्था बन्द गर्न निर्देशन दिएसँगै राजधानीबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ।

सरकारले सोमबारदेखि लामो दूरीको यातायात बन्द गर्ने घोषणा गरेकै दिन काठमाडौंबाट एकैदिन १ लाख ३० हजार ८ सय २२ जना बाहिरिएका छन्। यो अन्य सामान्य दिनको तुलनामा ५० हजारले बढी हो।

महानगरीय प्रहरीकाअनुसार सामान्यतया दिनमा ८० हजार मानिस काठमाडौंबाट बाहिरिने गरेका थिए। तर, कोरोना भाइरसको प्रभावका कारण विश्वविद्यालयसँगै अत्यावश्यक बाहेकका सम्पूर्ण संघसंस्था बन्दा भएपछि महामारीको उच्च जोखिममा रहेको काठमाडौंबाट अत्यधिक संख्यामा मानिस बाहिरिएका हुन्।

 

त्यस्तै, अन्य सामान्य अवस्थाको तुलनामा काठमाडौं आउनेको संख्या घटेर शुक्रबार ६३ हजार ३ सय ११ जनामा पुगेको छ। अवस्था सामान्य रहँदा दैनिक काठमाडौं भित्रिनेको संख्या ९० हजारभन्दा माथि हुने गरेको थियो।

Facebook Comments