नर्भिक हस्पिटल भन्छ- ‘कोरोनाका कुनै पनि बिरामी फेला परेका छैनन्, हल्लाको पछि नलागौँ’

 

काठमाडौं, ८ शनिबार । आज (शनिबार) बिहानैदेखि फेसबुक लगायत सामाजिक सञ्जालबाट एउटा अडियो म्यासेज भाइरल भइरहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलमा कोरोना भाइरसका बिरामी भेटिए भन्ने आशयको भ्रम फैलाउने सो अडियोप्रति नर्भिकले नै आपत्ति जनाएको छ ।

‘नर्भिकमा ८ जना कोभिड–१९ का बिरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको पाउँदा नर्भिक इन्टरनेशनल हस्पिटल परिवार आश्चर्य–चकित भएको छ,’ नर्भिकले एक विज्ञप्ती जारी गर्दैै भनेको छ ।

नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सबै निकाय एकजुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारप्रति घोर खेद प्रकट गर्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ ।

‘यसखाले अपराधपूर्ण अफवाहको हामी कडा निन्दा समेत गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सवै निश्चिन्त र प्रष्ट हुनुपर्छ ।’

Facebook Comments