बालबालिकाले के गर्ने बिदाको समयमा ?

नेपाल जस्तै धेरै देशहरूमा बालबालिकाहरूको बिदा छ र इटलीमा जस्तो सरकारले घरबाहिर निस्कनै प्रतिबन्ध लगाएको छैन। तर स्वास्थ्य अधिकारीहरूले सामाजिक दूरीका कायम राख्न भनिरहेका छन्।

साथीहरूसँग टेबलटेनिस खेल्न हुन्छ कि हुँदैन? एकछिन चौरतिर जानु हुन्छ कि हुँदैन? साथीको घरमा खेल्न जान हुन्छ कि हुँदैन?

जोन्स हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थका सरुवा रोग विशेषज्ञ डा. केरी अल्टहफका अनुसार सामाजिक दूरीको अर्थ वयस्क र बालबालिका सबैजना कम्तीमा छ फीटको दूरीमा रहनु हो।

यसको अर्थ बास्केटबल वा फुटबलजस्ता खेलहरू खेल्न हुँदैन।

टेबलटेनिस र लुकामारीजस्ता खेलहरूमा दूरी रहन सक्ने भए पनि बालबालिकाहरूलाई दूरी बनाइराख्न लगाउनु असम्भव नै हुन्छ।

“खेलको बेला कसैले पनि दूरी राख्दैन, खेलस्थलमा दूरीको अर्थ हुँदैन,” उनी भन्छिन्।

र, भाइरसहरू सतहमा केही दिन बाँच्ने प्रमाणहरू भएका कारण खेलसामग्रीजस्ता धेरै छोइरहने खालका सतहहरूबाट टाढा रहनु नै उचित हुन्छ।

बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमणले कमै वा कुनै लक्षण नदेखाउने र धेरै असर नगर्ने भए पनि उनीहरूले भाइरस सार्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *