भाईरससँग सम्बन्धित अपवाहको पछाडि नलाग्न प्रजिअ भट्टराइको आग्रह

 

कोरोना भाईरस (कोभिड १९) को बारेमा सामाजिक सञ्जालमा फैलिएका भाम्रक प्रचारहरु झुटो भएको जिल्ला प्रशासन कार्यलय चितवनले बताएको छ । लण्डन काठमाडौ सँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद भट्टराईले अफवाहको पछाडि नलागी आधिकारीक मिडियाद्धारा प्रकाशित सत्य तथ्य समाचारलाई बिश्वास गर्न आग्रह गर्नुभएको हो ।

कोरोना भाईरसको बारेमा समाजमा रहेका केहि कुन्छित मनोभाव भएका व्यक्तिले भ्रामक प्रचार गरेको उहाँले बताउनुभयो । हवाईजहाजबाट कोरोना भाईरस बिरुद्धको बिषादी छर्ने, नेपालका बिभिन्न ठाउँमा कोरोना संक्रमित भेटियो भन्ने प्रचार तथ्य हीन रहेको उहाँको भनाई छ ।

प्रजिअ भट्टराइले चितवनको हकमा पनि हामी कसरी नागरीकलाई सुरक्षित राख्न सकिन्छ भनेर लागेको बताउनुभयो । उहाँले माडी नगरपालिकाको बारेमो आज प्रत्यक्ष अवलोकन गरी पर्सा जिल्लाको ठोरी देखि चितवनको माडीसम्म बस सञ्चालन नगर्न निर्देशन दिएको जानकारी लण्डन काठमाडौलाइ दिनुभयो । रोगसँग लड्नको लागि सबै नागरिक ऐक्यबद्धता हुन आवश्यक रहेको उहाँको भनाई छ ।

Facebook Comments