विश्व स्वास्थ्य संगठनको चेतावनी, ‘कोरोना भाइरसले युवा वर्ग भन्दैन, सचेत रहाैं

 

कोरोना भाइरसको संक्रमण युवालाई हुँदैन भन्ने तथ्यलाई नकार्दै विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। उसले कोरोना भाइरसको संक्रमण हरेक उमेरकालाई लाग्नसक्ने बताउँदै युवा वर्गलाई अन्य व्यक्तिहरुसँग दूरी राख्न आग्रह गरेको छ। विशेषतः कमजोर र बुढापाकाहरुसँग बोलचाल नगर्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोस एडहानोम गिबरिएसोसले युवाहरुको यस्तो हर्कतले कसैको जीवनलाई अघात पुर्‍याउन सक्ने बताए। विश्व स्वास्थ्य संगठनले पछिल्लो प्राप्त तथ्यांकमा कोरोना भाइरसको संक्रमणलाई लिएर युवाहरु चिन्तित नरहेको बताइएको छ। उनीहरुको बुझाई छ- यो केवल बुढापाकालाई मात्र लाग्छ।

‘बुढापाकाहरु संख्यात्मकरुपमा यसको संक्रमणबाट बढी प्रभावित छन्। यसको मतलब यो होइन कि यसबाट युवा सुरक्षित छन्,’ गिबरिएसोसले भने। उनले युवाहरुलाई चेतावनी दिँदै भनेका छन्, ‘यसबाट कोही पनि मुक्त छैनन्। यसले तपाईँहरुलाई अस्पतालको शैय्यासम्म हप्ता दिनकै पुर्‍याउन सक्छ।’

न्युयोर्कमा प्रकाशित समाचारका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको औसत आयु ७८.५ वर्ष रहेको छ। तर ५० प्रतिशत मुनिको मृत्यु हुने औसत आयु एक प्रतिशत रहेको समाचारमा उल्लेख छ।

Facebook Comments