काठमाडौं । शेयर बजार ५ दिनका लागि बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डले अबको ५ कार्य दिनसम्म शेयर बजार बन्द गर्न आदेश दिने निर्णय गरेको बोर्डले जनाएको छ ।
बोर्डले सोमबारदेखि लागु हुनेगरी बजार बन्दगर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार अबअर्को सोमबारदेखि मात्रै बजार खुलाहुनेछ । यो अप्ताको सोमकार, मंगलबार, बुधबार र बिहीबार तथा अर्को हप्ताको आइतबार बजार बन्द नै रहनेछ ।

लगानीकर्ता संघका नेताहरुले आइतबारदेखि नै बजार बन्दगर्ने माग गरे पनिधितोपत्रबोर्डले बजार बन्द गर्ने कि खुल्ला राख्ने भन्ने सम्बन्धमा निर्णय नगर्दा आइतबारको शेयर बजार खुलेको थियो । आइतबार बजार खुलेपछि लगानीकर्ता संघका पदाधिकारीहरु नेप्से, अर्थ मन्त्रालयदेखि सेबोनसम्म पुगेर बजार बन्द गर्न दवाव दिएका थिए ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021