अहिलेको कोरना महामारी र साइकलले दिएको फाइदा

 

यतिबेला सन्सारको ध्यान एउटै बिषयमा छ त्यो हो covid19 अर्थात कोरोना भाइरस । कोरोना को कहर का बीचमा यो साइकल गाथा लेखिरहदा त्यससँगै जोडिएर लेख्न मन लाग्यो। साइकल को महत्त्व यो बेला झन् धेरै बढेको छ, साइकलमा एक्लै यात्रा गर्दा सार्वजनिक यातायात प्रयोग गरेर यात्रा गर्दा को जोखिम बाट जोगिन सकिन्छ।

साइकल को नियमित प्रयोग अर्थात दैनिक कम्तीमा पनि १५-२० किलोमीटर साइक्लिङ्ग गर्नु आफैं मा एउटा ब्यायाम हो। नियमित साइक्लिङ्ग गर्नेहरू को स्वस्थ्य अवस्था पक्कै पनि केही न केही राम्रो नै हुन्छ अरुको तुलनामा । साइक्लिङ्ग स्वास्थ्य का दृस्टीकोण बाट हेर्दा बहुउपयोगी साधन को रूपमा नै लिन सकिन्छ । सुगर, प्रेसर , मुट सम्बन्धि सम्स्या र जोर्निको दुखाइ को समस्या मा पनि साइकल निकै नै फाइदामन्द साबित भएको छ। अहिले देखिएको covid19 को समस्या मा यो भाइरस ले बढी कम प्रतिरोधात्मक क्षमता भएकाहरुलाइ प्रभावित बनाएको तथ्यांक हरु बाहिर आएका छन् नियमित साइक्लिङ ले इम्युन पावर अर्थात प्रतिरोधात्मक क्षमता बढाउने समेत बिश्वास गरिएको छ।

अहिले को साइकल गाथा मा मैले नेपाल पत्रकार महासङ्घ बाके शाखा का पुर्व सभापति प्रेम केसि सङ्ग गरेको अनलाइन सम्बाद लाई यहाँ हरु सङ्ग राख्ने जमर्को गरेको छु। उमेर ले झन्डै ५० को नजिक पुग्न लागेका के सि को दैनिकी बिहान् ५ बजेको साइक्लिङ्ग बाट हुन्छ चाहे जस्तो परिस्थिति र मौसम किन नहोस् घर बाट निस्केर ५:३० मा धम्बोजी पुगेर अन्य साइक्लिस्ट लाई पर्खिने र फोन गर्दै उठाउनुहुन्छ उहाँ । उहाँको साइक्लिङ्ग प्रतिको लगाव र निरन्तरता सङ्ग सबै चकित छन् भने साइक्लिङ्ग का कारण उहाँ आफ्नो फेरिएको दैनिकी बाट निकै नै खुशी समेत हुनुहुन्छ ।


२०४० सालमा पहिलोपटक साइकल को डन्डा समाएका केशी नेपालगन्ज मा नै हुर्केका कारण साइकल प्रती अभ्यस्त भएपनी पछिल्लो समय साइकल चलाउन छाडिसक्नुभएको थियो तर हिजोआज शहर मा बढ्दै गएको साइक्लिङ्ग कल्चर ले फेरि साइक्लिङ्ग मा जोडिदा आफुलाइ रमाइलो लागेको र स्वस्थ्यता समेत आर्जन भएको उहाँ को अनुभव छ। साइक्लिङ्ग गर्नुपुर्व को उहाँको शरीर र अहिले साइक्लिङ्ग मा जोडिएपछिको शारीरिक अवस्था निकै फरक देख्न सकिन्छ , अजङ्ग को ज्यान , ठूलो भुँडी अनि १०० केजि माथि को तौल सधैं तनाव हुन्थ्यो उहाँ लाई । उहाँ ले सुनाउनु भयो- साइक्लिङ्ग गरेको ९० दिनमा नै १० केजि तौल घटेको र पेट समेत घटेको अनि शरीरमा फुर्ती आएको छ। उहाँको प्रेसर पनि अहिले मेन्टेन छ भन्नुहुन्छ उहाँ , शारीरिक आरोग्यता सङ्गै पावर ( शक्ति ) समेत बढेको अनुभव छ उहाँ सङ्ग।१०० केजिको तौल बाट घटेर यो १ बर्ष मा ७० केजि र ३७ को कम्मर घटेर ३२ मा पुगेको छ उहाँको । बाके जिल्ला को सबै गाउँ ठाउँ का भित्री बाहिरी सडकमा साइकल गुडाइयो सायद साइक्लिङ्ग मा नलागेको भए कहिले देखिन्थ्यो होला ती ठाउँ अनि त्याहाको रहनसहन र जिवनशैली उहाँ ले सुनाउनु भयो।

शहरिया जीवन शैलिका मानिसहरूले त झन् नियमित साइक्लिङ्ग गर्नुपर्ने उहाँको सुझाव छ।मानिस धनसम्पत्ती अनि घरपरिवार का लागि विभिन्न काम 8 देखी 12 घन्टा सम्म गर्छन् तर आफ्नो निजि स्वास्थ्य को चासो कमै गर्छन् बिस्तारामा सुतेर जाने समय हरेक बिहान् आफ्नो लागी छुट्याएर नियमित २ घन्टा साइक्लिङ्ग गरे शारीरिक र मानसिक रूपमा स्वस्थ्य भइने हुँदा उहाँ ले साइक्लिङ्ग गज्जबको माध्यम भएको बताउदै साइक्लिङ्ग्मा जोडिन सबैलाई आग्रह समेत गर्नुहुन्छ ।

Facebook Comments