कोरोनाको प्रभाब ,जनता र राज्यको दायित्व

 

 

कोरोनाको प्रभाब ,जनता र राज्यको दायित्व

रुक्मिनी सापकोटा घिमिरे
साइकल तथा सरसफाइ अभियन्ता।

Stay Home भन्दै गर्दा ती दैनिक रोजगारी तथा बाटो , ठेलामा व्यापार गर्दै आएका गरिब नेपाली दाजु भाइहरुलाइ कसरी सम्बोधन गर्दैछ सरकार तथा स्थानिय सरकारले।अहिले हामीले अनाबस्यक खर्चमा कटौटी गरि स्थानिय टोल सुधार तथा आमा समूह सङ्ग सहकार्य गर्दै त्यस्ता बिपन्न बर्गका मानिसहरुलाइ अहिलेको विषम समयमा बाच्न सक्ने आधार बनाउनु जरुरी देखिन्छ।

अहिले आफू सङ्ग पैसा छ , खाध्यान्न छ भनेर कोहि पनि ढुक्क नहुन अनुरोध छ किनकी भोलि विषम परिस्थितिमा खान नपाउने मानिसले तेसै टुलुटुलु बसेर भोक भोकै बस्ने अबस्था पक्कै आउदैन र त्यो अबस्थामा विभिन्न चोरी , चकारी बढ्नेछ।यो समस्या हामी सबैको साझा हो र हामी सबै मिलेर लड्नु पर्छ।अनाबस्यक रुपमा खाध्य सामग्री भण्डारण नगरौ।आफू भन्दा कमजोर परिवारलाइ सहयोग गर्ने भावना राख्न र सबैले मिलिजुली बाच्ने र यो रोगसङ्ग लड्ने भावना राख्न सकेमा हामी सफल भइन्छ।

अहिलेको विषम स्थितिमा आफ्नो , आफ्नो परिवारको बारेमा मात्र नसोची सामुहिक सोच राख्न जरुरी देखिन्छ।अहिले विभिन्न सामाजिक सन्जालमा भ्रामक , उत्तेजक सामग्री राखी मानव समुहलाइ त्रसित गराएको पनि देखिएको छ र तेस्ता ब्यक्तिहरुलाइ सरकारले कडा भन्दा कडा कारबाइ गर्नु पर्ने देखिन्छ।देशमा बसोबास गर्ने सबै जनता राज्यको सम्पती हो र यो सम्पतिलाइ जोगाउने पहल राज्यले लिनुपर्छ यदि यो समयमा राज्य कतैपनी नचुकिकन सबै जनतालाइ जोगाउन सक्यो भने जनताको अगाडि भोलिका दिनमा राज्यको उचाइ निकै नै बढ्नेछ।

अहिले पद, सम्पती ,साना ठुला नभनी सहयोगी बन्दै यो विषम परिस्थिती सङ्ग जुढ्ने अठोट गरौ।।हामी सबै जनताहरु पनि राज्यको , स्वयंसेवक , डाक्टर तथा सहि मेडियाको मात्र बिस्वास गर्नु पर्दछ।अहिलेको सहि उपचार भनेको नै आफुलाइ क्वारेन्टाइनमा राख्नु हो , भिडभाडमा नजानु, बाहिर जानू परेमा मास्कको अनिबार्य प्रयोग गर्नु, सेनेटाइजरको प्रयोग गर्नु र राज्यले भनेको मान्नु नै हो।

जय देश नेपाल।।जय जनता।।

Facebook Comments