- 2Shares
युरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा भूकम्प गएको छ।स्थानीय समयअनुसार आइतबार बिहान साढे ६ बजेतिर राजधानीनजिकै केन्द्रविन्दु बनाएर ५.३ रेक्टरको भूकम्प गएको हो।
भूकम्पमा परी अहिलेसम्म एक जना १५ वर्षीय बालकको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पले केही घरहरू भत्काएका छन् भने गाडीहरू किचिएका छन्।एकाबिहानै भूकम्पले हल्लाएपछि मानिसहरू आत्तिएर सडकमा निस्किएका छन्।घरहरू भत्किँदा घाइते भएकाहरूको उपचार हुँदैछ। क्षतिको पूर्ण विवरण आइसकेको छैन।
कोरोना भाइरस नफैलिओस् भनेर आंशिक लक डाउनमा रहेका जाग्रेबका नागरिकलाई भूकम्पले थप कष्ट थपेको छ। यसअघि सरकारले नागरिकहरूलाई सार्वजनिक स्थलमा भेला नहुन र पार्कमा नजान भनेको थियो।क्रोएसियामा अहिलेसम्म २ सय ६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भएको छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021