दैनिक ज्यालादारी, रोजगारी तथा बाटो र ठेलामा व्यापार गर्दै आएका गरिब नेपाली दाजु भाइहरुलाइ कसरी सम्बोधन गर्दैछ केन्द्र तथा स्थानिय सरकार ?

 

दैनिक ज्यालादारी, रोजगारी तथा बाटो र ठेलामा व्यापार गर्दै आएका गरिब नेपाली दाजु भाइहरुलाइ कसरी सम्बोधन गर्दैछ केन्द्र तथा स्थानिय सरकार ?

रुक्मिनी सापकोटा घिमिरे
साइकल तथा सरसफाइ अभियन्ता

काेराेना भाईरसकाे सङ्क्रमण हुन सक्ने भन्दै आफ्नो घरमा नै बसाै बाहिर नजाऊं भनेर भनी रहदा दैनिक ज्यालादारी, रोजगारी तथा बाटो र ठेलामा व्यापार गर्दै आएका गरिब नेपाली दाजु भाइहरुलाइ कसरी सम्बोधन गर्दैछ केन्द्र तथा स्थानिय सरकार? राज्यले तेस्ता गरिव तथा असायहरूलाई गाँस बास तथा कपासकाे ग्यारेन्टी गर्न जरुरी छ। हाल सरकार सङ रहेको सम्पुर्ण बजेट नागरिककाे जीवन रक्षा गर्न खर्च गर्न परे पनि आफ्नो दायित्वबाट पछाडि हटन हुदैन । नागरिक बाचे देशकाे अर्थतन्त्र फेरि सुदृढ हुन सक्छ । सरकार संगै तपाई हामीले पनि अाफुले सक्ने सहयोग गर्न जरुरी छ। हाम्रो अनाबस्यक खर्चमा कटौटी गरि स्थानिय टोल सुधार ,बिभिन्न संघ सस्था तथा आमा समूह सङ्ग सहकार्य गर्दै त्यस्ता बिपन्न बर्गका मानिसहरुलाइ अहिलेको विषम परिस्थितिमा बाच्न सक्ने आधार बनाउनु सचेत नागरिककाे कर्तब्य हाे।

अहिले आफू सङ्ग पैसा छ , खाध्यान्न छ भनेर कोहि पनि ढुक्क नभए हुन्छ । छ किनकी भोलि विषम परिस्थितिमा खान नपाउने मानिसले तेसै टुलुटुलु भोक भोकै बस्ने अबस्था पक्कै रहदैन र त्यो अबस्थामा बाध्यतावस लुटपाट ,चोरी डकैति बढ्नेछ। सायद तपाईलाई मैले नकारात्मक कुरा गरेजस्तो लाग्ला तर इतिहासमा मानिसले अभावकाे बेला घटाएका थुप्रै घटनाहरूकाे चर्चा पढन सकिन्छ।

कोरोना भाईरसकाे समस्या हामी सबैको साझा समस्या हो र हामी सबै मिलेर लड्नु पर्दछ। अनाबस्यक रुपमा खाध्य सामग्री भण्डारण नगरौ। राष्ट्रिय बिपदका बेला आफू भन्दा कमजोर परिवारलाइ सहयोग गर्ने र सबैले मिलिजुली यस महामारिकाे सामना गर्ने भावना राख्न सकेमा हामी सफल हुनसक्छाै । अहिलेको विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको बारेमा मात्र नसोची सामुहिक सोच राख्न जरुरी देखिन्छ। सिङ्गो बिश्वमा नै मानव सामुदायकाे अस्तित्व सङटमा परेका बेला सम्पुर्ण मानव समुदाय एकजुट रहि काेराेना भाईरसकाे महामारीबाट बचाै र सबैलाई बाच्न सक्ने अवस्थाको निर्माण गर्न सहयाेग गराै।

जय देश।जय जनता।।

Facebook Comments