/नेपालमा आजको दिनसम्म कोरना प्रभाबित कोहि छैनन,कोरोनाबारे जनचेतना र सही सन्देश भन्दा अफवाह फैलाउने काम धेरै भयो, निर्देशक डा. पाण्डे

नेपालमा आजको दिनसम्म कोरना प्रभाबित कोहि छैनन,कोरोनाबारे जनचेतना र सही सन्देश भन्दा अफवाह फैलाउने काम धेरै भयो, निर्देशक डा. पाण्डे

 

काठमाडौं, ८ चैत । चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९ ) देखिएको छैन ।

तर सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल , टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको छ । नेपालमा कोरोना भाइरस देखिसकेपछि सरकारले लुकाएर लुकाउन सकिने विषय होइन । किनकी विश्व स्वास्थ्य संगठनको प्रत्येक्ष निगरानीमा कोरोना भाइरसको परीक्षण हुने गर्दछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले नेपालमा कोरोना भाइरस नआएको दाबी गर्दै समाज हल्लाको पछाडि लागेको बताउनुभयो । कोरोनाबारे जनचेतना र सही सन्देश भन्दा अफवाह फैलाउने काम धेरै भयो, निर्देशक डा. पाण्डेले भन्नुभयो,“सम्बन्धित विज्ञले भन्दा पनि अन्य व्यक्तिले कोरोना सम्बन्धमा बोल्दा अचम्म लाग्छ ।” उहाँले हल्लाको पछाडि नदौडन आग्रह गर्नुभयो ।

केन्द्रीय प्रयोगशालाका टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले कतिपय अनलाईन मिडियाले आफ्नो नाम लिएर कोरोना देखिएको भन्दै अनर्गल प्रचार गरिरहेको बताउनुभयो । उहाँले हालसम्म नेपालमा कुनै व्यक्तिलाई पनि कोरोना भाइरस नदेखिएको प्रष्ट पार्दै कोरोना लुकाएर नलुक्ने जानकारी दिनुभयो । उहाँले ५५८ जनाको कोरोना भाइरस परीक्षण गर्दा एक जनालाई पनि कोरोना नदेखिएको जानकारी दिनुभयो ।

Facebook Comments