नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले भाडा मिनाह गरिदिन घरवेटीसँग आग्रह

 

नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले कोरोना भाइरसको त्रासको कारण व्यवसाय ठप्प भएकाले ५०% भाडा मिनाह गरिदिन घरवेटीसँग आग्रह गरेको छ । एक बिज्ञप्ति जारी गर्दै मञ्चले भाडासंगै कर्जाकोे ब्याज समेत संक्रमणकालीन अवस्था सम्मको लागी मिनाह हुने व्यवस्था गर्न माग समेत गरेको छ ।

मञ्चले आर्थिक रुपमा विश्वकै मजबुत देशहरु समेत धरासायी भएको अवस्थामा आर्थिक अवस्था कमजोर भएका मुलुकहरुको अवस्था झन दयनीय हुने भन्दै चिन्ता व्यक्त गरेको छ । अहिले सम्म संक्रमण भित्रिसकेको नभए पनि नेपाल कोरोना भाइरसको अति संवेदनशील मुलुक मध्येमै पर्दछ । चर्को घरभाडाको मारसँगै बैँक एवं वित्तिय संस्थाबाट ऋण लिएर व्यवसाय संचालन गरी रहेको अवस्थामा अहिले बजार सुनसान भएको र व्यवसाय चौपट भएका कारण विस्थापित हुने निश्चित जस्तै भएको व्यवसायीहरुले बताएका छन् ।

Facebook Comments