- 2Shares
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरहरूलाई कोरोनाभाइरस संक्रमणको उपचारमा खटाउने भएको छ।
आइतबार मन्त्रालयले सात वटै प्रदेशलाई उक्त निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको हो।
मन्त्रालयले प्रदेशहरूमा सरकारी छात्रवृत्तिमा अध्ययनपछि कार्यरत एमबिबिएस वा सो सरह शैक्षिक योग्यता भएका जनशक्तिलाई परिचालन गर्न निर्देशन दिएको छ।
त्यस्तै वरिष्ठ चिकित्सक एमडीहरूलाई समेत आवश्यकता अनुसार कोरोना रोकथाम र नियन्त्रणमा परिचालन गर्न भनिएको छ।
मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका एमडी र एमबिबिएस तहका विद्यार्थीहरूलाई पनि परिचालन गर्न निर्देशन दिएको हो।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021