काठमाडौँ — सरकारले नेपाल भारत सीमा नाकामा प्रतिबन्ध लगाएपनि दैनिक उपभोग्य वस्तुको ढुवानी तथा भण्डारणमा कुनै असर नपर्ने भएको छ । पेट्रोलियम पदार्थको आयात तथा ढुवानी भने नरोकिने भएको हो ।
आइतबार बसेको बैठकले सात दिनसम्मका लागि नेपाल चीन तथा भारततर्फका सिमाहरु तत्काल बन्द गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयमा मानिसहरुको आवागमनमा रोक लगाइको तर अत्यावश्यक सेवाको कारोबार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।


यस्तै, निगमले आ-आफ्ना क्षेत्रका कार्यलय प्रमुख तथा ढुवानी व्यवसायीहरुलाई स्थानीय प्रशासन तथा भन्सारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्न समेत निर्देशन दिएको छ ।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021