पोखरा — प्रदेश सरकारले आइतबारदेखि ‘हेलो डाक्टर’ हटलाइन सेवा सुरु गरेको छ । कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेको बेला रुघा, खोकी र ज्वरो आएका बिरामीलाई परामर्श दिन प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो । यसका लागि ०६१–५२४०७४ मा फोन गरी चिकित्सकबाट आवश्यक सोधपुछ र परामर्श लिन सकिन सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका स्वास्थ्य तथ्यांक सुपरिवेक्षक बुद्धिसागर अधिकारीका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत यो सेवा दिइनेछ । यसको लागि १३/१४ जना स्वास्थ्यकर्मीको टिम रहने बताइएको छ । अधिकारीका अनुसार विशेषगरी जनताको प्रश्नको जवाफ डा. राजिव लालचनले दिनेछन् ।
https://youtu.be/51hAMf2FtdI
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021