ऊधोग बाणीज्य संघ-चीतवन द्वारा साबुन पानी ले हात धुनें हरेक चौकमा ब्यबस्थापन

 

कोरोना भाइरसलाई मानवजाती सामू पैदा भएको सबैभन्दा ठूलो खतरा मानिएको छ ।
संसारभरी अहिलेसम्म यो भाइरसले १६ हजार बढीको ज्यान लिइसकेको छ ।नेपालमा पनि सोमबार मात्रै नयाँ संक्रमित देखिएको छ । यो महामारी फैलनुको सबैभन्दा ठूलो कारण भनेको अहिलेसम्म यसको औषधी विकसित गर्न सकिएको छैन ।
बिशेष गरेर यो रोग फैलिने आधार भनेको सास प्रस्वास तथा हातमा टासिएका कोरोनाका जिबाणुबाट नै हो।यो रोगको औषधि नै नभएकोले फैलिन नदिने बिकल्प भनेको हात राम्रो सङ्ग साबुन पानीले धुनु र सकेसम्म घरबाट बाहिर ननिस्कनु नै हो।


यसै बिच बाटोमा हिडेका बटुवाहरुको ख्याल गर्दै उधोग बाणिज्य संघ चितवनले चोक चोकमा हात धुने पानीको ब्यबस्था गरेको छ।सबै बटुवाहरुले कम्तिमा पनि हात धुने बानी बसाल्न सके भने यो भाइरस कम फैलिने थियो भन्ने भनाइ छ उधोग बाणिज्य संघ चितवनका अध्यक्ष तथा समाजसेवी राजु श्रेष्ठको।यो कठिन अबस्थामा हामी सबै जनताले सरकार तथा स्थानिय सरकारले भनेको नियम कानुन मान्नु पर्दछ र यो अबस्थामा आफ्नो ब्यक्तिगत रुपबाट तथा सस्थागत रुपबाट सबै उधोगी ब्यबसायी तथा सबै दाजु भाइहरुलाइ सेवा तथा सहयोग गर्न तयारी अबस्थामा रहेको पनि जानकारी दिनु भयो।।

Facebook Comments