कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सीमामा आवतजावत बन्द गरिएपछि नेपाल-भारत नाकामा अलपत्र परेका नेपालीहरूलाई एक पटकका लागि देशभित्र प्रवेश गर्न दिने निर्णय लिएको छ।
स्वास्थ्य जाँच गराएर नेपाल प्रवेश गरेपछि उनीहरू अनिवार्य रूपमा क्वारन्टीनमा बस्नुपर्ने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बीबीसी नेपालीलाई बताए।
हाल पूर्व र पश्चिमका कैयौँ नाकामा सयौँका सङ्ख्यामा भारतबाट फर्किएका नेपालीहरू अलपत्र रहेका तथा कतिपय ठाउँमा उनीहरू र सुरक्षाकर्मीबीच झडप भएका विवरण आएका छन्।
मन्त्री पोखरेलले भने, “हामीले एक पटकका लागि प्रवेश गर्न दिने निर्णय गरेका छौ। तर क्वारन्टीनमा बाध्यात्मक रूपमा सबैले बस्नुपर्ने हुन्छ।”
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021