युरोपियन फुटबल महासंघ (युइएफए) ले कोरोनाभाइरसका कारण युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलको मिति सारेको छ।
मेको अन्तिम साताका लागि तय गरिएको फाइनल २७ जुन र २४ जुनका लागि खेल्ने प्रस्ताव गरिएको छ। त्यसअघि मे २४ का लागि तय महिला च्याम्पियन्स लिगको फाइनल पनि सारिएको छ।

त्यसअघि नकआउट चरणका खेल एक लेग मात्र गर्ने प्रस्ताव गरिएको छ।
च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगका खेल जारी रहदा स्थगित गरिएको थियो। अन्तिम १६ बाट चार टिमले अन्तिम ८ मा स्थान पक्का गर्दा बाँकी ४ खेल भने तोकिएको मितिमा हुन सकेन।
युरोपा लिगको पनि अन्तिम १६ को ६ खेल सकिदा २ खेल बाँकी थियो।
अब क्वार्टरफाइनल र सेमिफाइनल एक लेग मात्र गर्ने प्रस्ताव गरिएको छ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021