फाट्टफुट्ट सडकमा आएका मानिसलाई प्रहरीले घर फर्काउँदै

 

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ।

आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन्। अत्यावश्यकबाहेक पसल पनि बन्द छन्।

काठमाडौंका सडकमा फाट्टफुट्ट निस्किएका कतिपय मानिसहरूलाई प्रहरीले सम्झाएर घर फर्काइरहेको छ।

मुल चोक र सडकहरूमा प्रहरीहरूको बाक्लो उपस्थिति छ।

Facebook Comments