भारत २१ दिनको लागि लक डाउन।

 

अहिले फैलिरहेको कोरना भाइरस र WHO ले गरेको भबिस्यबाणीलाई ध्यानमा दिदै भारतका प्रधानमन्त्री मोदिले आज १२ बजे देखि २१ दिनको लागि पूरा भारतमा लक दाउन गरेको छ।भारत आफ्नो भबिस्य फेरि बनाउनेछ यदि आफ्नो जनता सुरक्षित हुन्छ भने।प्रधानमन्त्री मोदिले हात जोदि पूरा भारतबासीलाई लक्षमन रेखा तपाइको घर हो र यसलाइ कुनैपनी हालतमा यो पार गरि नजान अनुरोध गरेका छन।कोरना खतरनाक जिबाणु हो र यसको कतै उपचार पनि नभएको र जुन तरिकाबाट अहिले फैलिरहेको छ बिश्वमा यसको डबल संख्या ७ दिनमा नै हुनेछ।यो भाइरसबाट बचाउन अन्य कुनै बिकल्प नरहेको र सम्पुर्ण जनता आ आफ्नो घर भित्र नै बस्न अनुरोध गरेका छन।जीवन सबै भन्दा ठूलो कुरा हो र म आफ्नो जनताको जीवन बचाउन यस्तो निर्णय लिएको बताएका छन।आफ्नो घरमा अरुलाइ आउन नदिने र आफू पनि बाहिर नजान अनुरोध गरेका छन।यो संकटको घडीमा सरकारी निर्णयको पालन गर्न र अफवाहमा नजान अनुरोध गरेका छन। कोरना एउटा साइकल हो यसलाइ तोड्न साथ दिन अनुरोध गरेका छन।

Facebook Comments