मृगौला, फोक्सो र छाला सम्बन्धि पुरानो रोगको उपचार गराइ रहेका एकजना ३० वर्षीय युवकको चितवन कोरना विशेष अस्पतालमा मृत्यु।

 

मृगौला, फोक्सो र छाला सम्बन्धि पुरानो रोगको उपचार गराइ रहेका एकजना ३० वर्षीय युवकमा ज्वरो र निमोनिया पनि देखिएपछि अस्ती उनलाई भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको थियो । कोरोना भाइरस कोभिड–१९ को संक्रमण भए नभएको पुष्टि गर्न नमुना निकालेर परीक्षणको लागि हिजो काठमाडौं पठाइएको हो । परीक्षण रिपोर्ट आइसकेको छैन । आज ति युवकको मृत्यु भयो । अस्थायी अस्पतालका चिकित्सक डा.भोजराज अधिकारीले जानकारी गराउनु भयो।

Facebook Comments