रुपन्देही) — प्रहरीले प्रदेश ५ को अस्थायी राजधानी बुटवलबाट २ सय बढी सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ ।
सरकारले जारी गरेको लकडाउन अवज्ञा गर्दै सडकमा चलेका सवारी सधान मंगलबार बिहानैदेखि नियन्त्रणमा लिएर राखेको हो । तीमध्ये २ जनाले मापसे गरी सवारी चलाएको फेला परेका छन् । उनीहरुलाई बुटवलका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए ।
नियन्त्रण लिएका सवारी साधन र व्यक्तिलाई ट्राफिक प्रहरी कार्यालय प्रदेश ५, ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, रामनगर लगायतका स्थानमा राखिएको छ । भट्टराईले सडकमा अनावश्यक रुपमा गुडिरहेका मोटरसाइकल, स्कुटी र कारलाई नियन्त्रणमा राखिएको जनाए ।
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021