लक डाउन र तपाई हाम्रो कर्तव्य :

 

 

लक डाउन र तपाई हाम्रो कर्तव्य :

मनोज घिमिरे

काेराेना भाईरसकाे संक्रमण कसरी हुन्छ र संक्रमण हुन बाट बच्न के गर्ने भन्ने बिषयमा थुप्रै जानकारी हरु अाएका छन । डाक्टर, बिशेषज्ञ तथा बिश्व स्वास्थ सस्थाबाट प्राप्त सल्लाह सुझाव आम मानिसमाझ पुर्याउन देश तथा बिदेशका संचार माध्यमहरुले निकै ठुलो भुमिका निर्वाह गरे। अन्य देशहरुले भाेगिरहेकाे डरलाग्दो अवस्थाका कारण सरकारलाई नेपालमा पनि काेराेना भाईरसकाे संक्रमण फैलन भन्दा पहिला सम्पुर्ण सुरक्षाको बिधि अपनाउन पर्ने कुरामा पनि संचार माध्यमहरुले सजक बनाए ।

हाल सरकारले फेरि नयां १ सहित जम्मा २ जना नेपालिमा संक्रमण देखिने बित्तिकै राेग फैलन सक्ने अवस्थालाई मध्य नजर गरि सिङ्गो देश नै लकडाउन गरेकाे छ। केही दिन अगाडिसम्म काराेना संक्रमण नेपालमा कहिल्यै भित्रिदैन जस्तो गरि निसफिक्री रहेका हामी अहिले भने थाेरै भए पनि त्रसित हो कि जस्तो भान हुन्छ। देश लकडाउनमा छ अनि हामी चाेक गल्लीमा । सरकारले सम्पुर्ण नागरिकलाइ घर भित्र बस्न निर्देशन दिईरहेकाे छ । हामी भने अटेर गरि राेड राेड हिड्डदै  रमिते बनी राखेका छाै।

चिनमा करिव ३२७० जना मानिसले ज्यान गुमाउने गरि महामारिकाे रूपमा फैलिएकाे काेराेना भाईरसकाे संक्रमण अाज बिश्वका करिब सबै देशमा फैलिएकाे छ। हाल सम्म करिब १५३०६ जनाले ज्यान गुमाइसकेका छन। बिश्वका धेरै देशहरु लकडाउन छन। नागरिक हरू आफ्नो घर भित्र छन। राेग संग आत्तिएका छन। संक्रमण न फैलियाेस भनेर सरकारकाे निर्देशन पालाना गरिरहेकाछन। के हामिले संक्रमण बाट बच्नका लागि अरू देशका नागरिकहरूले जस्तै सरकारको निर्देशन पालाना गरिरहेका छाै त ? हिजाे केही देसका नागरिकहरूले आज हामिले अटेर गरे जस्तै गर्दा निकै धेरैले ज्यान गुमाएकाे दृश्य हाम्रो आँखा अगाडि नै रहेकाे छ।

आफ्नो सरकारकाे निर्देशन पालन गरि घरबाट बाहिर नअाएकै कारण अाज चिनले यस राेगमाथि नियन्त्रण हासिल गरेकाे हाे। सायद अब हामिलाई काेराेना संक्रमण बाट बच्न के गर्नु पर्छ भन्ने कुरा सम्पुर्ण रुपमा जानकारी भै नै सकेकाे छ। तपाईं हामिलाई सजग बनाउदै संचार माध्यमबाट अाउने सहि खबर बाट आत्तिनु भन्दा पनि जानकारिमा नअाउने खवर भयावह हुन्छ भन्ने कुरालाई बिर्सनु हुदैन। मुर्ख नबनाै। अनुशासनकाे पालना गराैं। हामीलाई प्राप्त जानकारी र निर्देशनलाई पूर्ण रूपमा अपनाउनु र पालना गर्नु एक असल नागरिककाे कर्तव्य हो। तपाई हामिलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर राज्यको सम्पुर्ण संमयन्त्र सरकार, प्रहरी प्रशासन अस्पताल,स्वास्थकर्मी,संघसस्था तथा संचारगृह लागिरहदा तपाई हाम्रो कर्तब्य भनेको आफ्नो घरमा लकडाउन हाे। काेराेना भाईरसबाट बच्ने एक मात्र उपाए भनेकाे घरमा सुरक्षित बस्नु नै हो। घर बसिरहदा यदि तपाईलाई टाउकाे दुख्ने ,कडा जोरो अाउने , घाँटी दुख्ने र श्वास प्रस्वासमा समस्या अाएमा तुरुन्तै नजिकैको अस्पताल वा डाक्टरको सल्लाह लिअाैं। अत्यावश्यक काममा बाहेक आफ्नो घर बाट बाहिर नजाअाैं। बचाैं र बचाअाैं।
जनहितमा जारि।

Facebook Comments